March 08, 2026
फार्मान्यूजनेपाल AI सारांश
- मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर विष्टले भेटेर बधाई दिएका छन् ।विष्टले उप्रेतीलाई मतगणना स्थल परिसरमै आएर बधाई तथा शुभकामना दिएका हुन् ।
- मकवानपुर–२ मा नेकपाबाट उम्मेदवार बनेका विष्टले १२ हजार ७५४ मत प्राप्त गरेर पराजित भएका थिए ।उनले उप्रेतीलाई अंकमाल गरेर शुभकामना दिदैँ मकवानपुर–२ को विकासमा योगदान गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
- उप्रेतीले ३१ हजार ७२५ मत ल्याएर विजयी भएका हुन् ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर विष्टले भेटेर बधाई दिएका छन् ।
विष्टले उप्रेतीलाई मतगणना स्थल परिसरमै आएर बधाई तथा शुभकामना दिएका हुन् । मकवानपुर–२ मा नेकपाबाट उम्मेदवार बनेका विष्टले १२ हजार ७५४ मत प्राप्त गरेर पराजित भएका थिए ।
उनले उप्रेतीलाई अंकमाल गरेर शुभकामना दिदैँ मकवानपुर–२ को विकासमा योगदान गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाए । उप्रेतीले ३१ हजार ७२५ मत ल्याएर विजयी भएका हुन् ।