सरकार बनाएको सय दिनभित्रै नतिजा दिनेगरी काम गर्छौं : शिशिर खनाल


फार्मान्यूजनेपाल AI सारांश
  • काठमाडौं क्षेत्र नम्बर ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफूहरूले सरकार बनेको एक सय दिनभित्रै नयाँ नतिजा दिनेगरी काम गर्ने बताएका छन् ।निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले मूलतस् भ्रष्टाचारको विरोधमा काम गर्नुपर्ने बताएका छन् ।आफू घरदैलोमा जाने क्रममा पनि धेरैजसो जनताले सोही कुरा भनेको उनले प्रतिक्रिया दिए ।‘मूलत स् हामीप्रति एकदमै ठूलो अपेक्षा रहेको बुझेका छौं ।
  • पछिल्लो डेढ महिनामा घरटोल पुग्दा आम नेपाली जनताले भ्रष्टाचारको विरुद्धमा काम गर्नुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘धेरैले मलाई भन्नुभएको, राम्रो नीति तथा कानुनमा काम गरिदिनुस् है भन्नुभएको छ ।
  • सकेसम्म आम जनताले अनूभूत हुनेगरी नै हामी एय दिनभित्रै केही नतिजा दिनेगरी काम गर्नेछौं ।’साथै, उनले अहिले आएको निर्वाचनको परिणामलाई आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको बताए ।‘यो जित मुलुकमा आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको मतको रुपमा लिएको छु ।

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफूहरूले सरकार बनेको एक सय दिनभित्रै नयाँ नतिजा दिनेगरी काम गर्ने बताएका छन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले मूलतस् भ्रष्टाचारको विरोधमा काम गर्नुपर्ने बताएका छन् ।

आफू घरदैलोमा जाने क्रममा पनि धेरैजसो जनताले सोही कुरा भनेको उनले प्रतिक्रिया दिए ।

‘मूलत स् हामीप्रति एकदमै ठूलो अपेक्षा रहेको बुझेका छौं । पछिल्लो डेढ महिनामा घरटोल पुग्दा आम नेपाली जनताले भ्रष्टाचारको विरुद्धमा काम गर्नुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘धेरैले मलाई भन्नुभएको, राम्रो नीति तथा कानुनमा काम गरिदिनुस् है भन्नुभएको छ । सकेसम्म आम जनताले अनूभूत हुनेगरी नै हामी एय दिनभित्रै केही नतिजा दिनेगरी काम गर्नेछौं ।’

साथै, उनले अहिले आएको निर्वाचनको परिणामलाई आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको बताए ।

‘यो जित मुलुकमा आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको मतको रुपमा लिएको छु । जेनजी विद्रोहपछि जसरी तत्कालीन सत्ताधारीहरूले एउटा दम्भ देखाए, ७६ जनाको ज्यान जाँदा पनि जसरी राज्यसत्ता दमनमा उत्रिंदा जसरी ज्यान गयो, त्यसको विद्रोहमा पनि आम नेपाली जनता उत्रिए । राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सुशासन र समृद्धिको बाटो तय गर्न खोजेको रुपमा मैले लिएको छु,’ उनले भनेका छन् ।

उनले जनताले देखाएको अभुतपूर्व जनलहरलाई न्याय हुनेगरी आफूहरूले काम गर्ने बताए ।

‘अभूतपूर्व जनलहर देखिएको छ । त्यसलाई न्याय हुनेगरी हामी काम गर्छौं,’ उनले भने ।


प्रतिक्रिया