बस्नेतले छाडे पार्टी


फार्मान्यूजनेपाल AI सारांश
  • गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेका छन् ।पार्टी छोडेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’गतिशील लोकतान्त्रिक पार्टी जेजनी आन्दोलनपछि स्थापना भएको हो।जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको विस्फोटको रूपमा लिएको बताउने उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताउँछन् ।
  • तर, अगाडि बढ्न नसकेको उनले बताए ।उनी लेख्छन्, ‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन ।
  • मैले बुझेँ– पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन ।

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेका छन् ।

पार्टी छोडेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’

गतिशील लोकतान्त्रिक पार्टी जेजनी आन्दोलनपछि स्थापना भएको हो।

जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको विस्फोटको रूपमा लिएको बताउने उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताउँछन् । तर, अगाडि बढ्न नसकेको उनले बताए ।





उनी लेख्छन्, ‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन । मैले बुझेँ– पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन । अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ ।’


आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने उनको प्रतिबद्धता छ ।


प्रतिक्रिया