March 08, 2026
फार्मान्यूजनेपाल AI सारांश
- ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् ।
- पोखरेल पूर्वएआईजी हुन् ।पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए ।
- पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत पाएका छन् ।
काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् । पोखरेल पूर्वएआईजी हुन् ।
पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।
तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत पाएका छन् ।