March 03, 2026
फार्मान्यूजनेपाल AI सारांश
- ललितपुरको पुल्चोकमा रहेको दाउरा थकालीमा आगलागी भएको छ ।
- आज दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो ।दमकल र सुरक्षाकर्मीको सहयोगमा अहिले आगो निभाइसकेको ललितपुर प्रहरीले जनाएको छ ।
- प्रहरीकाअनुसार क्षतिको विवरण आउन बाँकी छ ।आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडकमा गाडी सञ्चालन प्रभावित भएको थियो ।
काठमाण्डौ । ललितपुरको पुल्चोकमा रहेको दाउरा थकालीमा आगलागी भएको छ । आज दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो ।
दमकल र सुरक्षाकर्मीको सहयोगमा अहिले आगो निभाइसकेको ललितपुर प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिसकेको छैन । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरीकाअनुसार क्षतिको विवरण आउन बाँकी छ ।
आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडकमा गाडी सञ्चालन प्रभावित भएको थियो ।