सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो


फार्मान्यूजनेपाल AI सारांश
  • बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
  • यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो।महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ।

मकवानपुर । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया