मतदान केन्द्र जाने बाटो अवरुद्ध गरे कारबाही


फार्मान्यूजनेपाल AI सारांश
  • आगामी बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ ।
  • मतदातालाई मतदान स्थलमा जान कसैले पनि रोक्न हुँदैन ।‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ ।
  • यस्तो कार्य गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।मतदाताले पनि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।आयोगका अनुसारनिर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए ।उनका अनुसार मतदान अधिकृतहरू मतदान केन्द्र र स्थलमा गइसकेका छन् ।

मकवानपुर । आगामी बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । मतदातालाई मतदान स्थलमा जान कसैले पनि रोक्न हुँदैन ।


‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ । यस्तो कार्य गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।


मतदाताले पनि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।


निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।


निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।


आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।


आयोगका अनुसारनिर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ ।


निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए ।


उनका अनुसार मतदान अधिकृतहरू मतदान केन्द्र र स्थलमा गइसकेका छन् । मतदान प्रक्रियाका लागि आवश्यक सामग्रीहरू पनि पुगिसकेका छन् ।


२१ फागुनको निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुनसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो ।


गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।

प्रतिक्रिया